English
  • दोलखामा उपक्षेत्रीय कार्यालय स्थापना
    प्रकाशित मिति: २०७२-१२-११

    दोलखा जिल्लाको चरिकोटमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको उपक्षेत्रीय कार्यालय स्थापना भएको छ । उपक्षेत्रीय कार्यालयमा प्राधिकरणका सिनियर डिभिजन इन्जिनियर हरि शर्मा प्रमुख हुनुहुन्छ ।   प्राधिकरणले स्थापना गरेको यो पहिलो उपक्षेत्रीय कार्यालय हो । यसले दोलखा, रामेछाप र ओखलढुंगा जिल्लामा पुनर्निर्माण, पुनर्स्थापना तथा जीविकोपार्जनका विभिन्न क्रियाकलापको सञ्चालनका लागि समन्वय गर्ने प्राधिकरणद्वारा…

  • दोलखामा प्राधिकरणको उपक्षेत्रीय कार्यालय स्थापना हुने
    प्रकाशित मिति: २०७२-१२-०५

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी साता दोलखा जिल्लामा उपक्षेत्रीय कार्यालय स्थापना गर्ने भएको छ । प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले उपक्षेत्रीय कार्यालय स्थापना गर्नका लागि प्राधिकरणका सिनियर डिभिजन इन्जिनियर हरि शर्मालाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।  यसैबीच चैत्र ४ गते दोलखा जिल्लाको लामिडाँडा र लादुक गाविसका गरी ६१ घरधनी…

  • निजी आवास पुनर्निर्माणका लागि एक दिनमा ७८ घरधनीसँग सम्झौता
    प्रकाशित मिति: २०७२-१२-०२

    भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि दोलखा जिल्लाको लामिडाँडा र लादुक गाविसमा गरी ७८ घरधनीको अनुदान सम्झौता सम्पन्न भएको छ ।  आवश्यक कागजात देखाउँदै स्थानीय । २०७२ साल चैत १ गते सिंगटीमा रहेको स्रोत केन्द्रमा लामिडाँडाका गाविसका ५० घरधनी र गाविस सचिवबीच सम्झौता सम्पन्न भएको हो । यस्तै लादुक…

  • जानकारी पुस्तिका सार्वजनिक
    प्रकाशित मिति: २०७२-१२-०२

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण अनुदान सहायताबारे स्पष्ट पार्ने उद्देश्यले जानकारी पुस्तिका सार्वजनिक गरेको छ ।  जानकारी पुस्तिकामा केन्द्रीय तथ्यांक विभागले सञ्चालन गरेको सर्वेक्षण, त्यसबारे लाभग्राहीले जानकारी पाउने तरिका, पुनर्निर्माणको लागि अनुदान सहायता प्राप्त गर्ने प्रक्रिया, पुनर्निर्माणका क्रममा पाउन सकिने ऋणबारे जानकारी दिइएको छ । यस्तै भूकम्पबाट…

  • निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता सुरु
    प्रकाशित मिति: २०७२-११-३०

    गत वैशाख १२ गते र त्यसपछिका परकम्पहरुबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि दोलखा जिल्लाको सिंगटीमा सम्बन्धित घरधनी  र गाविस सचिवबीच अनुदान सम्झौता सुरु भएको छ ।  लादुक गाविस  वडा नम्बर ८ का घरधनी जगतबहादुर खत्री र गाविस सचिव उर्मिला कार्कीबीच पहिलोपटक अनुदान सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  'दुई…

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority