पुनर्निर्माण अपडेट

जापानी राज्यमन्त्री र प्राधिकरणका सिइओ पोखरेलबीच भेटवार्ता


प्रकाशित मिति: २०७४-३-२१

नेपाल भ्रमणमा रहेका जापानका वातावरण राज्यमन्त्री तादाहिता इतोले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेसँग मंगलवार भेटवार्ता गर्नुभएको छ । सिहदरवारस्थित प्राधिकरण कार्यालयमा करिब एक घण्टा भएको भेटमा जापानका राज्यमन्त्री इतोले नेपालको पुनर्निर्माणमा भइरहेको प्रगतीवारे चासो राख्नुभएको थियो । उहाँले पुनर्निर्माणको प्राथमिकताका साथै यसमा देखिएको चुनौतीको सामना गर्न जापानले गर्न सक्ने थप सहयोगवारे धारणा राख्नुभएको थियो । सो क्रममा प्राधिकरणका सिइओ पोखरेलले प्राविधिक सहयोग र क्षमता बिकासका साथै करिब ४ खर्ब रुपैया पुनर्निर्माणमा अभाव हुने देखिएको भन्दै त्यसको व्यवस्थापनमा सवैको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो । जापानले पुनर्निर्माणका लागि थुपैै्र सहयोग गरिरहेकोप्रति आभार व्यक्त गर्दे सिइओ पोखरेलले ज्ञान र प्रविधिको बिकासका वारेमा जापानबाट थुप्रै कुरा सिक्न बाँकी रहेको बताउनुभयो । जापानी राज्यमन्त्री इतोले भविष्यमा आउन सक्ने प्राकृतिक बिपत्तीको सामाना गर्नका लागि अहिलेको पुनर्निर्माण अनुभव नेपालका लागि महत्वपुर्ण हुने धारणा राख्नुभयो । उहाँले पुनर्निर्माणमा थप सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । सो क्रममा सिइओ पोखरेलले जापानले गर्ने निरन्तरको सहयोगले नेपालको पुनर्निर्माण समयमै सम्पन्न गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो । 

Share on

समाचार तथा जानकारी

सूचना+ More

Twitter Feed