पुनर्निर्माण अपडेट

विकास साझेदारसँग प्राधिकरणको अन्तरक्रिया


प्रकाशित मिति: २०७४-७-१४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माण तथा पुनस्र्थापनामा सहयोग गरिरहेका विकास साझेदारहरुसँग अन्तरक्रिया गरेको छ । कार्यकारी प्रमुख अधिकृतको जिम्मेवारी लिएर युवराज भुसाल आउनु भएपछि विकास साझेदारहरुसँग यो पहिलो अन्तरक्रिया हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत भुसालले पुनर्निर्माण प्राधिकरणमा नेतृत्व परिवर्तन भए पनि यसको गतिमा कुनै कमी नआउने प्रतिबद्धता व्यक्त गर्दै सबै विकास साझेदारबाट रचनात्मक सहयोगको अपेक्षा गर्नु भयो ।

पुनर्निर्माणसँग सम्बन्धित मन्त्रालय तथा निकायमा तथा स्थानीय तहसँग लामो अनुभव भएको बताउँदै उहाँले संगठनात्मक र नीतिगत चरण सकिएकाले अब तीव्र कार्यान्वयन गर्न सकिने आत्मविश्वास व्यक्त गर्नुभयो । उहाँले वर्षाअघि ६० प्रतिशतलाई नयाँ घरमा सार्ने आफ्नो लक्ष्य रहेको जानकारी दिंदै त्यसमा विकास साझेदारहरुको सहयोगको अपेक्षा गर्नु भयो ।

उहाँले विकास साझेदारहरुलाई पुननिर्माणमा आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादनमा जोड दिन पनि आग्रह आग्रह गर्नुभयो ।

कार्यक्रममा आआफ्नो संस्थाका तर्फबाट पुनर्निर्माणमा भइरहेको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्दै विकास साझेदार संस्थाका प्रतिनिधिहरुले त्यो आगामी दिनमा पनि जारी रहने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा संयुक्त राष्टसंघयुरोपेली युनियनजपानी सहयोग संस्था जाइकाबेलायती सहयोग संस्था डिफिडविश्व बैंकएसियाली विकास बैंकचीनभारतयुनोप्सका प्रतिनिधिहरुले आफ्नो धारणा राख्नुभएको थियो ।

अन्तरक्रियामा निवर्तमान प्रमखु कार्यकारी अधिकृत डा.गोविन्दराज पोखरेल पनि उपस्थित हुनुहुन्थ्यो । प्राधिकरणमा नौ महिना नेतृत्व गरेर हालै मात्र राजीनामा दिई राजनीतिमा होमिनु भएका डा.पोखरेललाई विकास साझेदारहरुको तर्फबाट विदाइ गरिएको थियो ।

, चरणका रुपमा यसलाई थप गति दिएर अघि बढ्ने मेरो प्रयास रहनेछ ।

उक्त कार्यक्रममा भुसालसँगै प्राधिकरणका कार्यकारी सदस्यसचिवसहसचिव लगायतले राजनीतिक यात्रामा होमिएका पोखरेललाई सफलताको शुभकामना दिनुभएको थियो ।

Share on

समाचार तथा जानकारी

सूचना+ More

Twitter Feed